१ हजार ९५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार ९५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९५२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ५४५ कोरोना संक्रमितको आईसीयूमा र ४०७ को भेन्टिलेटरमा गरी कुल १ हजार ९५२ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३७ जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १४४ आईसीयूमा र ३२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२० जना आईसीयूमा र २५८ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १६६ जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १८३ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ५९ बजे

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र नेपाल

बिदेसिएका युवालाई सभामुखले भने- नेपाल फर्कन तयारी हुनुहोस्

मलेखु– सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,