नवलपुरमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

नवलपुरमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज कावासोती नगरपालिकाका २ जना र गैंडाकोटका १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

कावासोती नगरपालिका ३ की ५६ बर्षीया महिलाको आज बिहान कावासोती नगरपालिका १६ डण्डास्थित मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

जेठ ९ गते जिल्ला अस्पतालमा कोरोना पोजेटिभ पुष्टी भएकी ती महिला जेठ ११ गते चितवनस्थित मेडिकल कलेज अफ साइन्सेज (सिएमएस) भरतपुरमा भर्ना भएकी थिइन् । शनिवार राती पुनः मध्यबिन्दु जिल्ला अस्पतालमै ल्याइएकी ती महिलाको आज विहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै, बैशाख २६ गते कोरोना पुष्टि भएका कावासोती ८ कै ४१ बर्षका पुरुष र गैंडाकोट नगरपालिका वडा नं. १७ की ६० बर्षीया महिलाको भरतपुरस्थित सिएमएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

आज थप ३ जनाको मृत्यु भएसँगै नवलपुरमा कोरोनाको नयाँ भेरियन्ट शुरु भएपछि बैशाखयता मात्रै मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ५४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण