चुनाव घोषणापछि लोकप्रिय बजेट ल्याइयो : रामशरण महत « Khabarhub

चुनाव घोषणापछि लोकप्रिय बजेट ल्याइयो : रामशरण महत


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीले आइतबार आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए ।

“निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,”– उनले भने, “भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।”

नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने, “भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताएका छन् । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताए । – रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : १४ बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको