चिकित्सकमाथि आक्रमण भएपछि भेरी अस्पतालमा सुरक्षाकर्मी तैनाथ « Khabarhub

चिकित्सकमाथि आक्रमण भएपछि भेरी अस्पतालमा सुरक्षाकर्मी तैनाथ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको भेरी अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत विहीबार राति कोरोना संक्रमितको मृत्युलाई लिएर आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेको घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेले अस्पतालमा सुरक्षाकर्मी नै तैनाथ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी नायव निरीक्षक(सई )तोजेन्द्र बिसीको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जनाको टोली आइतबारबाट अस्पतालमै बस्ने गरी खटाइएको हो ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा चलाएपछि आन्दोलित चिकित्सक तथा नर्सहरु नियमित काममा फर्किएका छन् ।

बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : २८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको