ताप्लेजुङमा निषेधाज्ञाको अवधि बढ्यो « Khabarhub

ताप्लेजुङमा निषेधाज्ञाको अवधि बढ्यो


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि तेस्रोपटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले पुन अवधि थप गर्दै यही जेठ २४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । सङ्क्रमणको अवस्था सामान्यतर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाइएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावश्यक हिंड्डुल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच सिरिजङ्घा गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । केही दिनयता गाउँपालिकाभित्रै कोभिड—१९ को सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अत्यावश्यकबाहेकका सेवा यही जेठ २२ गतेसम्म स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, माताहतका सबै वडा र नेपाल बैंक लिमिटेडबाट प्रवाह हुँदै आएका सेवा स्थगित गरिएको हो । यसअघि समेत उक्त सेवाहरु स्थगित गरिएको थियो ।

यस्तै जेठ २२ गतेसम्म यात्रुवाहक सवारीसाधनको आगमनमा पूर्णरुपले रोक लगाइएको समेत जनाइएको छ । सङ्क्रमण दिनानुदिन बढिरहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ३० बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी