सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरूको आपत्ति « Khabarhub

सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोप्रति दलहरूको आपत्ति


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकोप्रति जिल्लाका राजनीतिक दलले आपत्ति जनाएका छन् ।

सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र इतिहासमाथि आक्रमण गर्न खोजेको भन्दै सात राजनीतिक दलले गम्भीर आपत्ति जनाएका हुन् ।

विकासका नाममा स्थानीय जनताको मौलिकतामाथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसँग माग गरेका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा आइतबार विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए सशक्त प्रतिरोध गर्ने जनाएका छन् ।

सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गर्ने जनाएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ०१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण