चीनले थप स्वास्थ्य सामग्री दियो, तातोपानी नाकामा हस्तान्तरण « Khabarhub

चीनले थप स्वास्थ्य सामग्री दियो, तातोपानी नाकामा हस्तान्तरण


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतका थप स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

आइतबार हस्तान्तरण भएको स्वास्थ्य सामग्रीमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूत यान्छीको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै कोरोनाविरुद्धको ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्ने जानकारी दिइएको छ ।

शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयारी हालतमा बिहीबार नै राखेको थियो ।

खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणासँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण