विद्युतीय सवारी विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच सहकार्य | Khabarhub Khabarhub

विद्युतीय सवारी विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच सहकार्य


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवानको विद्युतीय स्कुटर उत्पादन कम्पनी गोगोरो र भारतीय मोटर कम्पनी हिरोले रणनीतिक सहकार्य गरेका छन् ।

भारतमा स्मार्ट विद्युतीय सवारीहरु उत्पादन र विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच संयुक्त सहकार्य भएको हो ।

भारतमा विद्युतीय विशेष गरी दुई पांग्रे सवारीहरुको परिचालन र बजार विस्तारका लागि गोगोरो कम्पनीको सहयोग लिने हिरो कम्पनीले जनाएको छ ।

दुबै कम्पनीबीच भारत र विश्व बजारमा स्मार्ट र टिकाउ विद्युतीय सवारी उत्पादन र विस्तार गर्ने साझा उद्देश्य रहेको हिरो कम्पनीले जनाएको छ ।

दुई कम्पनीको सहकार्य अन्तर्गत सबैभन्दा पहिले भारतमा स्मार्ट विद्युतीय सवारी विस्तार गर्दै विश्व बजारमा जाने हिरो कम्पनीको भनाइ छ ।

गोगोरो कम्पनीको तथ्यांक अनुसार विश्वमै धेरै दुई पांग्रे सवारी उत्पादन गर्ने भारतले प्रत्येक वर्ष दुई करोड मोटरसाइकल र स्कुटरहरु उत्पादन गर्ने गर्दछ ।

स्रोत फोकस ताइवान

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ५९ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको