किन र कति खाने नुन ? « Khabarhub

किन र कति खाने नुन ?



नुन स्वादको पर्याय हो । नुन विनाका परिकार निस्वाद लाग्छन्। स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण यौगिक हो । तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ।

नुनको महत्व कति छ भनेर आकलन गर्न कहिलेकाहीं ब्रत, उपबास बस्दा वा आशोच,जुठो बार्दा गरिएको नुन त्यागपछिको भोगाइ सबैको मस्तिष्कमा ताजा हुनसक्छ।

नुनको अनुचित प्रयोग स्वास्थ्यको लागि प्रत्युत्पादक हुन सक्छ । धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखापर्छन्।

के हो नुन ?

नुन सोडियम र क्लोरिन नामका दुई तत्वले बनेको हुन्छ। हामीले खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत हिस्सा क्लोराइडको छ । सोडियम शरीरलाई नभई नहुने तत्व हो र शरीरलाई चाहिने सोडियमको मुख्य अंशको पूर्ति पनि नुनबाट नै हुन्छ ।

आयुर्वेदमा पाँच प्रकारका नुन सिन्धव लवण, विड लवण, समुन्द्र लवण, सौर्वाचल लवण र सम्बर लवणको वर्णन गरिएको छ। सोडियम र क्लोरिनका अलावा नुनमा क्याल्सियम, पोटासियम, फलाम, जस्ता आयोडिन जस्ता धातुहरु पनि पाइन्छ ।

नुन शरीरलाई अत्यावश्यक खनिज हो । नुनमा विद्यमान सोडियमले शरीरका कोषहरुको बाहिरी भागमा अवस्थित तरल पदार्थको अस्मोटिक प्रेसरलाई सन्तुलित राखी शरीरमा पानीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

यसैगरी सोडियमले कोष भित्रको अन्तरकोषीय पानी सन्तुलित राख्न पनि सहयोग गर्छ। नुनमा रहेको सोडियमले स्नायूहरूलाई उत्तेजित हुन सहयोग गर्छ भने अम्ल र क्षारको सन्तुलन कायम गर्न पनि मद्दत गर्छ।

यसैगरी कोषको स्थिर विद्युत विभव र कार्यगत विद्युत विभव उत्पन्न हुनका लागि पनि सोडियम आवश्यक पर्छ । यसैगरी नुनमा विद्यमान क्लोरिनले पनि शरीरमा हाइड्रोक्लोरिक अम्ल बनाउन मद्दत गर्छ ।

उत्पादन

नुन मुख्यतः खानी खनेर र समुन्द्रको नुनिलो पानीलाई सुकाएर जम्मा भएको अवसाद बटुलेर तयार गर्ने गरिन्छ । खानी खनेर निकालिएको नुनलाई सिधै नुन वा  हिमालयन पिंक साल्ट भनिन्छ भने समुन्द्रबाट निकालिएको नुनलाई सामुन्द्रिक लवण भनिन्छ।

नुनको मात्रा

वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुनभन्दा कम लिनुपर्छ भने केटाकेटीले १/२ ग्रामभन्दा ज्यादा लिनु हुँदैन । अझ सोडियमको मात्रामा भन्नु पर्दा दैनिक १५०० मिलिग्राम सोडियम उत्तम हो ।  यो मात्रा २ हजार ३०० मिग्राभन्दा ज्यादा हुनुहुँदैन।

नुनको अवगुण

उच्च मात्रामा नुन सेवनले रक्तचाप बढाउँछ । नुनको उच्च मात्राले रक्तचाप बढाउने हुँदा मुटुरोग र मस्तिष्कघातको खतरा पनि बढ्छ । नुनको कारणले हुने उच्च रक्तचापलाई लवण संवेदनशील उच्च रक्तचाप भनिन्छ । लवण संवेदनशील उच्च रक्तचाप भएकाहरुलाई नुन बार्न थाल्दा रक्तचाप कम हुन्छ । तर स्वस्थ व्यक्तिले नुन बार्दा रक्तचापमा खासै फरक पर्दैन । एउटा अनुसन्धानले स्वस्थ व्यक्तिले नुन छोड्दा सिस्टोलिक रक्तचाप २.४२ मिलिमिटर अफ मर्करी (एमएमएचजी) ले र डायस्टोलिक रक्तचाप १ (एमएमएचजी) ले घटेको तथ्य पाइएको छ।

कम नुन पनि हानिकारक

शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने अनेकौं प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन्।

शरीरमा सोडियमको मात्रा कम भए लो डेन्सिटी लिपोप्रोटिन कोलेस्टेटोल र ट्राइग्लिसवेराइड (टिजी) को मात्रा बढेको पाइएको छ।

यसैगरी नुन नखाने मुटुरोगीहरु पनि मुटुरोगको कारणले मर्न जाने, हृदय असफल हुने, इन्सुलिन प्रतिरोधकता बढ्ने जस्ता रोगहरूसँग जोडिएको छ।

उच्च मात्रामा नुन सेवन पनि हानिकारक

उच्च मात्रामा नुनको सेवन गर्नेहरूलाई आमासयको क्यान्सर हुने खतरा बढ्नुका साथै पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको बृद्धि गराउँछ।

– उच्च नुनको सेवनले म्युकोसल व्यारियरलाई कमजोर बनाई पेटको भित्ताहरुलाई प्रदाहात्मक बनाउँछन्।

– नुनको उच्च मात्राले सोडियमका साथसाथै क्लोरिनको पनि उच्च मात्रा शरीरमा थप्छ । उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिजजस्ता रोगहरू लाग्ने र अन्तत्वगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखापर्छ।

– उच्च मात्रामा नुनको सेवन गर्दा रगतमा नुनको मात्रा बढ्न गई मिर्गौलालाई भार पर्दछ र मिर्गौला विकृत हुनसक्छ।

– उच्च मात्रामा नुनको सेवन गर्दा सोडियमको मात्रा डाइल्युट गर्न शरीरले अतिरिक्त पानी धारण गर्ने गर्छ । अतिरिक्त पानीले रगतको मात्रा र बहिरकोषकीय पानीको मात्रा पनि बढाउँछ। यसरी रगतको मात्रा बढ्दा रक्तचाप बढ्न गई मुटु रक्तनलीलाई अतिरिक्त दबाब पर्छ । रक्तचाप बढ्दा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात जस्ता समस्या देखा पर्छन्।

– उच्च सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्‍याउँछ। उच्च सोडिएमको सेवनले पिसाबबाट उच्च मात्रामा क्याल्सियम पनि उत्सर्जन गराउने हुँदा रगतको क्याल्सियम नष्ट हुने र यसको पूर्ति गर्न हड्डीबाट क्याल्सियम रगतमा आउने हुँदा हड्डीहरू चाँडै खिइने गर्छ।

डा.कोइराला भरतपुर, बागिश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ५५ बजे

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको