दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग « Khabarhub

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड बजेट माग गरिएको छ ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए ।

‘माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ’, योजना प्रमुख बुढाथोकीले भने, ‘नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।’

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकीय गन्तव्यका रुपमा पनि मुलुकमै परिचित पुलमा पर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ४६ बजे

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर

गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ– विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते

काठमाडौँ– १०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय