प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ शुरु « Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ शुरु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । सरकारी पक्षबाटै आज सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस शुरु गरेका छन् । बहसका लागि उनलाई १५ मिनेट समय दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुनः प्रधानमन्त्रीका दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुरासय रहे नरहेको विषयमा व्याख्या गर्नेछन् ।

सहन्यायाधिवक्ताहरू रिजाल, सञ्जिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पङ्गेनीले बहस गर्नेछन् ।

सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीले बहस गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्रीका २३ जना कानून व्यवसायीले बहस गर्ने तय भएको छ । प्रधानमन्त्रीका कानून व्यवसायीलाई बहसका लागि ७ घण्टा समय निर्धारण गरिएको छ ।

सोमबार महान्यायाधविक्ता रमेश बडाल र मङ्गलबार सरकारी पक्षबाट नायव महान्यायाधिवक्ताहरू पद्मप्रसाद पाण्डे, विश्वराज कोइराला, टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बसह गरेका छन् ।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो ।

निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गर्नुभएको थियो । निवेदक पक्षका कानून व्यवासयीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एकीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

उक्त विवादमा ३० वटै रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : १६ बजे

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा अहिले आकस्मिक

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका

काभ्रेको नमोबुद्धमा बर्ड फ्लुको संक्रमण पुष्टि

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ

कान्स स्टल विवादमा हस्ताक्षरबिनाको विज्ञप्तिबाट बोल्यो विकास बोर्ड

काठमाडौं – कान्स फिल्म फेस्टिभलको स्टल विवादमा चलचित्र विकास बोर्डले

इरानमाथि आक्रमणबारे अमेरिकी संसद्मा चर्को बहस, सांसद मोल्टनले भने- हामी यो युद्ध हार्दैछौं

वाशिङ्टन- अमेरिकामा इरान युद्धबारे संसदीय सुनुवाइ चलिरहेको छ। इरानमाथि हमला