टाटा मोटर्सको पिकअप र कार्गोका ग्राहकलाई बिना धितोको सहुलियत कर्जा « Khabarhub

टाटा मोटर्सको पिकअप र कार्गोका ग्राहकलाई बिना धितोको सहुलियत कर्जा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त १५०० ग्राहकहरुले टाटा मोटर्स ब्राण्डका पीकअप र कार्गो गाडी खरिदका लागि सांगि्रला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा १ प्रतिशतभन्दा कम न्युनतम सेवा शुल्कमा प्राप्त गर्न सक्नेछन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । ईच्छुक ग्राहकहरुले पिकअपको लागि ९८०१९०९८९१ र कार्गोको लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदी ट्रेडिङ्गको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभरि रहेका सम्पुर्ण डिलरहरु र सांगि्रला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ३८ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै