दुर्गा सप्तशती पाठ गर्दा पालना गर्नुपर्ने ९ नियम « Khabarhub

दुर्गा सप्तशती पाठ गर्दा पालना गर्नुपर्ने ९ नियम


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक तपाईंले पनि महशुस गर्नुभएको होला पूरै विधि विधानले पूजा गर्दा पनि पुजाको फल प्राप्त हुदैँन ।

यदि यस्तो भएको छ भने हामीबाट हुने जान अन्जानका गल्तीले यस्तो हुन पुग्दछ । यस्तोमा दुर्गा सप्तशतीको पाठ गर्दा केहि कुरामा विशेष ध्यान दिएमा वा पाठ गर्दा केहि नियम पालना गरेमा मात्र पाठको पुरा फल प्राप्त हुने धार्मीक विश्वास छ ।

– दुर्गा सप्तशती पाठका क्रममा शुद्धताको पालना गर्न अत्यन्त आवश्यक छ । तसर्थ नुहाएर सफा कपडा लगाएर पाठ गर्नु पर्ने धार्मीक विश्वास छ ।

– पाठ गर्दा कुशको आसन वा ऊनबाट बनेको आसनमा बसेर मात्र गर्नु पर्दछ । साथै पाठ गर्दा हातले खुट्टा छुनु हुदैँन ।

– दुर्गा सप्तशती पाठ शुरू गर्दा पहिले पुस्तकलाई रातो कपडामा राखेर त्यसमाथि अक्षता र फूल चढाएर पुजा गरेपछि मात्र पाठ गर्नु पर्दछ ।

– नवरात्रिमा दुर्गा सप्तशतीको पाठ भन्दा पहिले र पछि नर्वाण मन्त्र ॐ ऐं ह्रीं क्लीं चामुण्डाये विच्चे को जप गर्नु पर्दछ ।

– दुर्गा सप्तशती पाठमा हरेक शब्दको उच्चारण स्पष्ट हुनु पर्दछ । शब्द उल्टो पुल्टो हुनु हुदैँन । अर्थात शब्द हेरफेर हुनु हुदैँन ।

– सप्तशती पाठ गर्दा चर्को वा मधुरो स्वरमा गर्नु हुदैँन । सबै शब्द मज्जाले सुनिनु पर्दछ ।

– संस्कृतमा दुर्गा सप्तशती पाठ उच्चारण गर्न कठिनाई भए अन्य भाषामा पनि गर्न सकिन्छ तर सही र स्पष्ट हुनु पर्दछ ।

– दुर्गा सप्तशती पाठ गर्दा आलस्यता वा हाइ गर्नुहुदैँन, मनलाई शान्त र स्थिर गर्नु पर्दछ ।

– कुनै दिन समय अभाव वा अन्य कारणले सप्तशती पाठ पुरा गर्न नसकेमा अन्तिममा भएको कुञ्जिका स्तोत्र पाठ गरी देवीसंग पूजा स्वीकार गर्न प्रार्थना गर्नु पर्दछ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ५८ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले