ओली-नेपाललाई मिलाउन एमालेको दोस्रो तहका नेता सक्रिय « Khabarhub

ओली-नेपाललाई मिलाउन एमालेको दोस्रो तहका नेता सक्रिय


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएर लागेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढेको दूरी घटाउन तथा पार्टीलाई एक बनाएर अघि बढ्न नेताहरूले कसरत थालेका हुन् ।

एमालेका नेताहरू सुबास नेम्वाङ, विष्णु पौडेल अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटाउने गरी छलफलमा जुटेका छन् ।

यहीक्रममा हिजो बिहीबार नेम्वाङले नेपाल नेपाललाई भेटेका थिए। भेटमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न आग्रह गरेको नेम्वाङले जानकारी दिए । आफूले अध्यक्ष ओलीसँग भेटेर असहमतिका विषयमा छलफल गर्न आग्रह गरेको भन्दै नेम्वाङले मिलेर अघि बढ्न आवश्यक रहेको बताएको जानकारी दिए ।

उनले भने, ‘मैले उहाँलाई हिजो भेटेँ । पछिल्लो राजनीतिक घटनाक्रमसहित धेरै विषयमा छलफल भयो । हाम्रो छलफल पार्टीको विवाद हल गर्ने विषयमा बढी केन्द्रित थियो । मैले उहाँलाई अध्यक्ष ओलीसँग भेट्नुस्, छलफल गरेर एमाले एक बनाएर अगाडि बढौँ भनेको छु ।’

नेपालले अध्यक्ष ओलीसँग भेटेर छलफल गर्न तयार रहेको बताएको नेम्वाङले जानकारी दिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटना अर्का नेता विष्णु पौडेल पनि लागि परेका छन् । उनले आज नेपालसँग भेटेर पार्टी एकता गर्न आग्रह गर्नेछन् ।

अध्यक्ष ओलीलाई भेट्नुअघि अन्य नेतासँग छलफल गर्ने वरिष्ठ नेता नेपालको योजना रहेको बताउँदै नेता नेम्वाङले आज नेता विष्णु पौडेलसँग छलफल गर्ने पनि बताए ।

एमालेमा विवाद समाधान गर्न बनाइएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल गर्न आवश्यक रहेको भन्दै दोस्रो तहका नेताले शीर्ष दुई नेतालाई छलफलका लागि अनुरोध गर्दै आएका छन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गल्ती गर्ने सबैलाई आममाफी दिने बताउँदै आएका छन् भने प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल समूहले पनि पार्टी एकता कै लागि सहभागिताबारे निर्णय लिएको छैन ।

गठबन्धनका नेताले भने नेपाल समूहलाई लिएरमात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
नेम्वाङले आजको भेटमा पनि नेपाललाई ओलीसँग भेटेर यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा छलफल गर्न अनुरोध गरेका थिए । तर, नेपालले ओलीलाई भेट्न आफू सकारात्मक भए पनि त्यसअघि अरु नेताहरुसँग छलफल गर्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ५८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा