आज कुनकुन नदीमा बाढीको खतरा ? | Khabarhub Khabarhub

आज कुनकुन नदीमा बाढीको खतरा ?


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी पूर्वानुमान महाशाखाले शुक्रवार देशका विभिन्न नदीमा बाढीको खतरा रहेको जनाएको छ ।

शुक्रवार बिहान प्रकाशित बाढी पूर्वानुमान बुलेटिन अनुसार १ नम्बर प्रदेशका ईलाम, झापा र मोरङ, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, बागलुङ, कास्की, तनहुँ र स्याङ्जा लगायत जिल्लाका साना नदीमा बहाव बढ्ने जनाइएको छ ।

महाशाखाले भनेको छ, ‘कन्काई, कमला, बागमतीमा बहाव बढ्ने; कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ५० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम