ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजासहित पुनर्निर्माण शुरु « Khabarhub

ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजासहित पुनर्निर्माण शुरु


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुनर्स्थापना कार्य शुरु गर्नु पूर्व क्षमा माग्ने रितिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।

काठमाडौँस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई नेपाल सरकार तथा आइएनटीएसीएचका अधिकारीहरूले उक्त पूजामा सहभागिता जनाएका थिए । नेरु. १८.१ करोडमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो ।

ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : २८ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र