३४ सुत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा « Khabarhub

३४ सुत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् ।

आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा अनसन शुरु गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

काठमाडौँसहित ८३८ स्थानमा शिक्षकहरुले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अनशनमा बस्ने सुवेदीले बताए ।

 

आगामी शुक्रबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम र त्यसपछि प्रधानमन्त्री निवास अगाडि धर्ना कार्यक्रम रहेको उनले बताए ।

महासंघले यसरी गत वैशाख २० गतेदेखि चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

विगतका दिनहरुमा नेपाल सरकारले महासंघसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनुपर्ने लगायत विभिन्न मागहरु राख्दै  आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै