३४ सुत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा | Khabarhub Khabarhub

३४ सुत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् ।

आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा अनसन शुरु गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

काठमाडौँसहित ८३८ स्थानमा शिक्षकहरुले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अनशनमा बस्ने सुवेदीले बताए ।

 

आगामी शुक्रबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम र त्यसपछि प्रधानमन्त्री निवास अगाडि धर्ना कार्यक्रम रहेको उनले बताए ।

महासंघले यसरी गत वैशाख २० गतेदेखि चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

विगतका दिनहरुमा नेपाल सरकारले महासंघसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनुपर्ने लगायत विभिन्न मागहरु राख्दै  आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी