‘फर्कन छोरा’मा बाबुआमाको दुःख « Khabarhub

‘फर्कन छोरा’मा बाबुआमाको दुःख


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक राजेशपायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द तथा संगीत र संगीत संयोजन चन्दु गोर्खालीको छ ।

सार्वजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको भिडियोमा कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियो केशव एस. दाहाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्लेलगायतका स्थानहरुमा गरिएको हो ।

हाल अमेरिकामा बसोबास गरिरहेका दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौं न पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहि दिनअघि मात्र भानु जयन्तीको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै