‘फर्कन छोरा’मा बाबुआमाको दुःख « Khabarhub

‘फर्कन छोरा’मा बाबुआमाको दुःख


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक राजेशपायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द तथा संगीत र संगीत संयोजन चन्दु गोर्खालीको छ ।

सार्वजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको भिडियोमा कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियो केशव एस. दाहाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्लेलगायतका स्थानहरुमा गरिएको हो ।

हाल अमेरिकामा बसोबास गरिरहेका दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौं न पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहि दिनअघि मात्र भानु जयन्तीको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ३० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको