महोत्तरीमा बालकको शव फेला, हत्या आशंकामा बुबा–आमा पक्राउ « Khabarhub

महोत्तरीमा बालकको शव फेला, हत्या आशंकामा बुबा–आमा पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनपुरधाम– महोत्तरीमा पाँच वर्षीय बालकको शव फेला परेको छ । बुधबारदेखि हराइरहेका बालकको शव परालले छोपिएको अवस्थामा फेला परेको हो ।

रामगोपालपुर नगरपालिका – ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या गरिएको प्रकृति जस्तो देखिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले छोराको हत्या आरोपमा आमा बुबालाई पक्राउ गरेको छ । छोराको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सौतेनी आमा रागनी मुखियालाई अनुसन्धानको लागि पक्राउ गरिएको डीएसपी विष्टले बताए । मृत बालकको बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरिएको हो ।

बुधबार अपराह्न करिब ५ बजेदेखि बालक हराइरहेका थिए । बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेको थियो । प्रहरीका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको देखिएको छ ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाको अन्य पाटोबाट अनुसन्धान भइरहेको डीएसपी विष्ट बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ४५ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज