महोत्तरीमा बालकको शव फेला, हत्या आशंकामा बुबा–आमा पक्राउ | Khabarhub Khabarhub

महोत्तरीमा बालकको शव फेला, हत्या आशंकामा बुबा–आमा पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनपुरधाम– महोत्तरीमा पाँच वर्षीय बालकको शव फेला परेको छ । बुधबारदेखि हराइरहेका बालकको शव परालले छोपिएको अवस्थामा फेला परेको हो ।

रामगोपालपुर नगरपालिका – ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या गरिएको प्रकृति जस्तो देखिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले छोराको हत्या आरोपमा आमा बुबालाई पक्राउ गरेको छ । छोराको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सौतेनी आमा रागनी मुखियालाई अनुसन्धानको लागि पक्राउ गरिएको डीएसपी विष्टले बताए । मृत बालकको बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरिएको हो ।

बुधबार अपराह्न करिब ५ बजेदेखि बालक हराइरहेका थिए । बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेको थियो । प्रहरीका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको देखिएको छ ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाको अन्य पाटोबाट अनुसन्धान भइरहेको डीएसपी विष्ट बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ४५ बजे

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

सिरहा – बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र