एनबीआईद्वारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान | Khabarhub Khabarhub

एनबीआईद्वारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल नेपाल (एनबीआई) ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ ।

साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठलाई एनबीआईले विषेश कार्यक्रम गरेर शुक्रबार कदरपत्रसहित बधाई तथा सफलताको शुभकानमना व्यक्त गरेको हो ।

एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त हुनु सम्पुर्ण निजी क्षेत्रको लागि गर्भको कुरा भएको बताए ।

श्रेष्ठले विगतमा गरेका काम र व्यवस्थापनको आधारमा मन्त्रीमा नियुक्त गरिएको अध्यक्ष जोशीले बताए । मन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका विसंगती र कमी कमजोरीलाई निराकरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री श्रेष्ठको निजी क्षेत्रको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफ्नो सफलता भनेको पूरै निजी क्षेत्रको सफलता भएको बताए ।

उनले आफ्नो नियुक्तिको अवसर र चुनौति दुबै भएको र आफूलाई आएका अनेकौँ टिप्पणीलाई आलोचना नगरी कार्यमार्फत सामना गर्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : १५ बजे

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ