ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री « Khabarhub

ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री

एक चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा रक्सी बरामद


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक रक्सी कारखानामा अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त रक्सी उत्पादन गर्ने कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा उत्पादन गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त कारखानाबाट ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ समेत बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनियाँ ब्राण्डमा लोकल रक्सी बिक्री भएको पाइएपछि उक्त कारखानामा छापा मारेको उनले बताए ।

उनले महङ्गोमा मूल्यमा लोकल रक्सी बिक्री गर्ने गरेको समेत पाइएको जानकारी दिए । पक्राउ परेका चिनियाँ नागरिकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ५९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी