ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री « Khabarhub

ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, चिनियाँ लोकल रक्सी उत्पादन र बिक्री

एक चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा रक्सी बरामद


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलस्थित एक रक्सी कारखानामा अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त रक्सी उत्पादन गर्ने कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा उत्पादन गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त कारखानाबाट ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ समेत बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनियाँ ब्राण्डमा लोकल रक्सी बिक्री भएको पाइएपछि उक्त कारखानामा छापा मारेको उनले बताए ।

उनले महङ्गोमा मूल्यमा लोकल रक्सी बिक्री गर्ने गरेको समेत पाइएको जानकारी दिए । पक्राउ परेका चिनियाँ नागरिकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ५९ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज