काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ३, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २३६, ताप्लेजुङमा १, तेह्रथुम ३, धनकुटामा १७, भोजपुरमा ३, मोरङमा ४२, संखुवासभामा ५, सोलुखुम्बु ५ र सुनसरी १७० जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारामा ८, महोत्तरीमा १९, रौतहटमा १३, सप्तरीमा ३ र सर्लाहीमा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ५५६, काभ्रेमा २२, चितवनमा ८२, दोलखामा ५, धादिङमा १४, नुवाकोटमा २३, भक्तपुरमा ७६, मकवानपुरमा १०४, रसुवा २, रामेछापमा ११, ललितपुरमा १८७, सिन्धुपाल्चोकमा ८ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३३३, गोरखामा ४०, तनहुँमा १९, नवलपरासी पूर्वमा ५८, पर्वत ६, म्याग्दी १०, लमजुङमा १०, बागलुङमा ५ र स्याङजामा २६ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा ८, गुल्मीमा १०, दाङमा १०, नवलपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १३ र रुपन्देहीमा ५७ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्ला १६, दैलेखमा २, रुकुम पश्चिममा ३, सल्यानमा १ र सुर्खेतमा ७१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २४, डडेल्धुरामा ४, डोटीमा २ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया