छायांकनमा वेब सिरिज ‘क्रियापुत्री’ « Khabarhub

छायांकनमा वेब सिरिज ‘क्रियापुत्री’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘क्रियापुत्री’ बन्ने भएको छ । सिरिजको सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु भएको छ ।

शिबानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ ।

निर्देशक बलामीले सिरिजमा आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा देखाइने बताए ।

शिबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ४२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ