एमालेको अन्तर पार्टी निर्देशनः १० बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुलाई जिम्मेवारी (अपानिसहित) | Khabarhub Khabarhub

एमालेको अन्तर पार्टी निर्देशनः १० बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुलाई जिम्मेवारी (अपानिसहित)


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

एमालेले प्रदेश, जिल्ला र मातहतका कमिटी र जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी दिएको हो । २०७५ जेठ २ गते अघिकै पार्टीको संरचना अनुसार नेताहरुलाई जिम्मेवारी दिने १० बुँदे सहमति अनुसार त्यो सहमति कार्यान्वयन गर्न नेताहरुलाई जिम्मेवारी तोकिएको हो ।

एमाले विभाजन अघि माधवकुमार नेपाल समूहमा रहेका तर अन्तिममा एमालेमै फर्किएका नेताहरुको जिम्मेवारी पनि २०७५ जेठ २ गते पूर्वकै अवस्थामा फर्काइएको छ । १० बुँदे सहमति कार्यान्वयनका लागि प्रदेश १ मा भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश २ मा सत्य नारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल, गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा तथा लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै कर्णालीमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापा तथा जनसंगठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई खटाइएको छ ।

अपानिमार्फत नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा नलाग्न पनि अपिल गरिएको छ । निर्वाचन आयोगले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्म पार्टी रोज्न दिने निर्णय गरेपछि अपानिमार्फत एमालेले नयाँ बनेको दलमा नलाग्न अपिलसमेत गरेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ४९ बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर