अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या | Khabarhub Khabarhub

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

राम्दीस्थित बजारभन्दा माथिबाट ठूलाठूला चट्टानसहित पहिरो आएका कारण अवरुद्ध बनेको सडक खुलाउनका लागि डोजरमार्फत ढुङ्गा फुटाउने कार्य भइरहेको तर निरन्तर वर्षाका कारण समस्या उत्पन्न भएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार सडकको बीच भागमा ठूलाठूला चट्टान भएकाले त्यसलाई नफोड्दासम्म पहिरो हटाउन समस्या भएको छ । “धेरै अनि ठूला ढङ्गा बजारमै झरेकाले सावधानीपूर्वक फोड्ने कार्य भइरहेको छ”, प्रवक्ता अधिकारीले भने, “निरन्तरको वर्षा र सोही ठाउँभन्दा माथिको ढिस्को चर्किएर बसेको हुँदा सम्भावित घटना घट्न नदिनका लागि सचेतना अपनाइएको छ ।”

स्याङ्जा जिल्लाभित्र सिद्धार्थ राजमार्गका अन्य ठाउँमा गएका पहिरो पन्छ्याइएको छ । जिल्लाभित्र राजमार्गको अन्य भागमा यातायात सञ्चालनमा रहेतापनि राम्दीमा झण्डै १८ घण्टादेखि अवरुद्ध भएकाले उक्त मार्ग भएर तत्काल यात्रामा ननिस्कन प्रहरी प्रवक्ता अधिकारीले सुझाव दिनुभयो । पानी आइरहेकाले तत्काल सडक सञ्चालनमा आउन नसक्ने र समय लाग्ने भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि हिजोदेखि नै सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र छन् । सोही पहिरोमा परी स्याङ्जाको वालिङ १४ की धनमाया उम्राको पुरिएर मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका थिए भने स्थानीयवासीका तीन वटा घरमा पूर्ण क्षति पुगेको थियो । रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ५९ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी– विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका