नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा « Khabarhub

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सोमबार बिहानदेखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सोमबार दिउँसोदेखि सञ्चालनमा आएको हो।

पहिरोले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन् । पहिराका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकैै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : १२ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री