सरसफाइ अभियानमा महानगर « Khabarhub

सरसफाइ अभियानमा महानगर


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ बनेश्वर, विजुली बजार, माइतीघरलगायतका स्थानमा सोमबार काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको हुल सरसफाइमा जुटिरहेको थियो ।

त्यहि हुलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नगर प्रहरी प्रमुख धनपति सापकोटा र काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल पनि भेटिए ।

उनीहरु सबै जना २९ औँ महानगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा सहभागी भएका थिए ।

नगर प्रहरीहरुसँगसँगै तीनकुनेदेखि माइतीघर मण्डलासम्मको सडक बाटिकाको झार उखेल्दै त घरी बोट–विरुवा काँटछाट गर्दै अनि कुनै बेला नगर प्रहरीलाई निर्देशन दिदैँ ज्ञवालीले त्यहाँ करीब २ घण्टा बिताए ।

सोही क्रममा ज्ञवालीले महानगर प्रहरी दिवसको आवसर पारेर हरियाली प्रवर्द्धनका लागि सरसफाइ अभियान सञ्चालन गरी वातावरणीय सुधारको सन्देश दिने प्रयास गरेको जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकाले लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका काम गर्दै आएको थियो,’ ज्ञवालीले भने, ‘आज नगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँको यो मुख्य सडकमा सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधार गर्ने प्रयास स्वरुप सरसफाइ गरेका हौँ ।’

गत वर्षदेखि माइतीघर मण्डलादेखि तीनकुनेसम्म सडकको बिचकमा बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह र रेखदेख गर्ने कार्य महानगरपालिकाले नै गर्दै आएको ज्ञवालीले जानकारी दिए ।

नगर प्रहरी प्रमुख सापकोटाले पनि महानगर दिवसको अवसर पारेर माइतीघर मण्डलादेखि तीनकुनेसम्म १ सय ६० जना नगर प्रहरी परिचालन गरेर सरसफाइ कार्यक्रम गरेको बताए ।

‘यसअघि पनि हरियाली प्रवर्द्धनका लागि महानगरले वाटिका मर्मतसम्भार तथा व्यवस्थापनको काम गर्दै आएको थियो,’ सापकोटाले भने, ‘आज २९ औँ नगर प्रहरी दिवसको अवसर पारेर हामीले यो इलाकामा सरसफाई अभियान चलाएका हौँ ।’

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ३७ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन