के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ? « Khabarhub

के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ?

नेपालीहरुको उद्धारका लागि आवश्यक गृहकार्य भइरहेको छ : परराष्ट्र


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिबानको कब्जापछि राजनीतिक उथलपुथल भएको अफगानिस्तानबाट विदेशी र अफगानी नागरिकहरुले काबुल छाडिरहेका छन् । अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किने भएपछि अफगानिस्तान छाड्न चाहने अफगानी र विदेशी नागरिकको उद्धार कसरी हुन्छ भन्ने चासो बढेको छ ।

१५ अगस्टमा तालिबानले राजधानी काबुलमा कब्जा जमाएपछि विदेशी तथा अफगानीहरु भागिरहेको काबुल विमानस्थलको दर्दनाक दृश्यहरु देखिएका थिए । अहिले पनि काबुल विमानस्थलबाट दैनिक हजारौं मानिसहरुले अफगानिस्तान छाडिरहेका छन् ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरुको पनि उद्धार भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म करिब ८ सय नेपालीको उद्धार गरिएको छ । अझै काबुलमा ३४ नेपालीहरुले उद्धार पर्खिरहेका छन् । उनीहरुको उद्धारका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खबरहबसँग भनिन्, ‘उद्धारको पर्खाइमा रहेका नेपालीहरुलाई उद्धारका लागि आवश्यक गृह कार्य भइरहेको छ । ३१ अगस्टपछिको अवस्थाबारे पनि हामी सचेत छौं । त्यसै अनुसार काम भइरहेको छ ।’ उनका अनुसार अब अफगानिस्तानबाट उद्धार गर्न ३४ जनामात्र नेपाली बाँकी छन् । अरु थप नेपालीहरुले अफगानिस्तानबाट उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग कुनै सम्पर्क गरेका छैनन् ।

बीबीसीका अनुसार बेलायतलगायत संसारका करिब एक सय मुलुकहरुले तालिबानले आफूहरुसँग ३१ अगस्टपछि पनि अफगानिस्तान छाड्न विदेशी नागरिकलाई अनुमति दिने बताएको जनाएका छन् ।

अहिले मंगरबारपछि के तालिबानले आफूले गरेको बाचाअनुसार विदेशी नागरिकलाई अफगानिस्तान छाड्न अनुमति दिन्छ कि दिँदैन भन्ने सबैतिर चासो बढेको छ ।

बीबीसीले पीए समाचार एजेन्सीलाई उदृत गर्दै बेलायतका विदेशमन्त्री डोमिनक राबले जी–७, नेटो, कतार र टर्कीका अधिकारीहरुसँग बैठक गर्ने जनाएको छ । जी– ७ को सम्मेलनमा बेलायती विदेशमन्त्रीले बेलायतको अवस्थाबारे जानकारी दिने छन् । बीबीसीका अनुसार तालिबानले मानवअधिकार सम्बन्धित आफ्नो प्रतिवतिवद्धतामा अडिग रहनुपर्ने बेलायतले जोड दिने छ ।

अहिले विदेशी तथा अफगानी नागरिकहरुले अफगानिस्तान छाड्न प्रयोग गरिरहेको काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । ३१ अगस्टपछि सो विमानस्थल कसको नियन्त्रणमा हुन्छ भन्ने सबैभन्दा चासोको विषय बनेको छ । अफगानिस्तानबाट बाहिरिन काबुल विमानस्थल एकमात्र बाटो हो ।

अमेरिकी सेना फर्किने दिन नजिकिएसँगै काबुलको अवस्था तनावग्रस्त बनिरहेको छ । सोमबार बिहानमात्र विमानस्थललाई निशाना बनाएर पाँचवटा रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ०६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने