नियुफुको सद्भावना दुत बने दयाहाङ « Khabarhub

नियुफुको सद्भावना दुत बने दयाहाङ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को सद्भावना दुत नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रिय कलाकार÷अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौं । वहाँले फिल्म महोत्वस अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरुबीचको (सजीव) संवाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ । यस फिल्मले युरोपेली र नेपाली फिल्महरु तथा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका फिल्महरुलाई तपाईंहरू सामु ल्याउने छ,’ डेलिगेसनले जनाएको छ ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर फिल्ममार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग फिल्ममा समावेश भएका फिल्म सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, डेलिगेसनले जनाएको छ । फिल्महरू निशुल्क हेर्न सकिन्छ ।

दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए ।

‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेरैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु फिल्म प्रतियोगिताको विजेताको घोषणा तथा फिल्मसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ०५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ