विश्व ॐकार एकता महाअभियान सुरु | Khabarhub Khabarhub

विश्व ॐकार एकता महाअभियान सुरु


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ ।

नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ ।

समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष जनसमक्ष लैजाने उद्देश्यले महाअभियान शुरु गरिएको मुख्य अभियानकर्मी डा चिन्तामणि योगीले बताए ।

महाअभियानले आज दक्षिणकाली नगरपालिका–१ ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना गरेको प्रार्थना सभालाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति जोगाउन महाअभियान शुरु गर्नुपरेको बताए ।

पूर्वस्वास्थ्य राज्यमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले धर्म र संस्कृति, राजनीतिभन्दा पनि ठूलो भएकाले आफू संस्थागतरुपमा यो अभियानमा सहभागी भएको जानकारी गराए ।

पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन हिन्दूराष्ट्र बनाउने वातावरणका लागि जनतामा चेतना जगाउनुपर्नेमा जोड दिए । जनतामा चेतना जागृत गराउन फाउन्डेसनले विश्व शान्ति र राष्ट्र शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक एवं हवन गरिरहेको जानकारी दिए ।

विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खनालले साउन ४ र ५ गते देवघाटमा सन्तबाट आशीर्वाद लिएर शुरु भएको महाअभियान पशुपतिनाथ, शिखको गुरुद्वारा, जैनभवनजस्ता धार्मिक संस्थामा प्रार्थनासभा गरिसकेको जानकारी दिए । अब गुम्बा, चैत्य, विहारजस्ता धार्मिक संस्थामा पनि यस्तै सभा गरी ॐकार परिवारलाई एकताको सूत्रमा गाँस्ने महाअभियानको मूल लक्ष्य रहेको उनले सुनाए ।

कार्यक्रममा किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, नेपाली काँग्रेसका नेता आनन्द सन्तोषी राईलगायतले आध्यात्मविनाको जीवन सार्थक नहुने भएकाले महाअभियानले नागरिकलाई आध्यात्मसँग जोड्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी– विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका

वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारलाई चेतावनी, ७ अर्ब ९५ करोड  निकासा गर्न माग

पोखरा– गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारले

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय