वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति घोषणा « Khabarhub

वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति घोषणा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति, नेपाल घोषणा भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै नयाँ शक्ति घोषणा गरिएको त्रिपाठीले जानकारी दिए ।

उनले जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको बताए ।

उनले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने धारणा पनि राखे । मुलुकमा शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्ने उहाको भनाइ छ ।

आफूले बोकेका एजेन्डा देशको लागि भएको र अरुले बोकेका एजेन्डा विदेशीका भएको त्रिपाठीले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : १५ बजे

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।