माओवादी ‘आगो हो’ भन्दाभन्दै नटर्नेहरू पछारिए : प्रचण्ड « Khabarhub

माओवादी ‘आगो हो’ भन्दाभन्दै नटर्नेहरू पछारिए : प्रचण्ड


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् ।

पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए ।

उनले आफ्नो पार्टीलाई एक नम्बरको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गरे । अध्यक्ष प्रचण्डले भने, “तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।”

उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताए ।

“केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन्डै सङ्घीयता जाने अवस्थामा पुग्यो गणतन्त्र झन्डै फेल हुने अवस्थामा पुग्यो”, अध्यक्ष प्रचण्डले भने ।

उनले माओवादीसँग अनावश्यक खेल खेलेका कारण ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकारहरू पनि त्यस्तै अवस्थामा पुगेको बताए । उनले भने, “मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए ।”

तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “पहिचान र अधिकारको लडाइँ हामीले लड्ने तर काम गर्ने कालु मकै खाने भालु भने जस्तै भयो ।” कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरे ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ४५ बजे

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक