प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक « Khabarhub

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

संसद्को अवरोध हटाउने विषय छलफलमा


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जाने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । राष्ट्रियसभा सदस्यसमेत रहेका दाहालले भने,’प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जान्छौँ, आफ्ना कुरा राख्छौँ ।’

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ३० बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’