४ लाख ६९ हजार कोरोना संक्रमित थपिए, ४ लाख ९१ हजारभन्दा बढी निको « Khabarhub

४ लाख ६९ हजार कोरोना संक्रमित थपिए, ४ लाख ९१ हजारभन्दा बढी निको

८ हजार ५०७ जना संक्रमितको मृत्यु


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै एक लाख १० हजार ७६६, बेलायतमा ३६ हजार ७२२, टर्कीमा २९ हजार ३८६ भारतमा २३ हजार १३९ र रुसमा २२ हजार ४३० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी ब्राजिलमा १७ हजार ७५६, इरानमा १३ हजार २७१ र जर्मनीमा १२ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

यही अवधिमा ८ हजार ५०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु पनि अमेरिकामा धेरै छन् । जहाँ २ हजार ५२ जनाले ज्यान गुमाएका छन् । यसैगरी रुसमा ८५७, ब्राजिलमा ६४३, भारतमा ३०९, इरानमा २७२ र टर्कीमा २२७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा भने कोरोनाका कारण ७ सय जनाको मृत्यु भएको छ ।

नयाँ विवरणअनुसार ४ लाख ९१ हजार ९७३ जना बढी निको भएका छन् ।

अमेरिकामा ९६ हजार, बेलायतमा ३६ हजार, टर्कीमा ३१ हजार भारतमा २८ हजार, ब्राजिलमा २१ हजार, रुसमा १८ हजार र इरानमा २१ हजार बढी कोरोनामुक्त भएका छन् ।

यसँसँगै कुल संक्रमित २३ करोड ४० लाख ११ हजार १४१ मध्ये हालसम्म २१ करोड ८ लाख ३१ हजार ५३९ जना निको भइसकेका छन् । हालसम्म ४७ लाख ८७ हजार २२२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ४० बजे

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको