वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला « Khabarhub

वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव गरिएको थियो ।

सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? कोइरालाले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ४३ बजे

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।

पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज