सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैन : प्रमुख सचेतक भट्टराई « Khabarhub

सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैन : प्रमुख सचेतक भट्टराई


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए ।

तर, एमाले अध्यक्ष केपी ओली निकट नेता, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने बुधबार एक अन्तरवार्तामा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके जाने बताएका थिए ।

देउवाको सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ०५ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै