माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित « Khabarhub

माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बाेलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएकाे छ ।

बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने बताइएकाे थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले समय तय भइनसकेको बताए । खबरहबसँग उनले भने, ‘बैठक बस्ने भन्नेछ तर कतिबेला भन्ने फिक्स छैन, माधव नेपाल बिरामी भएकाले अनिश्चित जस्तै छ ।’

यस्तै समाजवादी पार्टीका नेता विरोध खतिवडाले पनि पार्टी अध्यक्ष नेपाल उपस्थित नहुने भएपछि बैठक नहुने बताएका छन् । तथापि प्रतिनिधि पठाएर बैठक राख्नेबारे छलफल भइरहेको उनले बताए ।

देउवाले हिजाे (बुधबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए ।

देउवाले मन्त्री हुनेको नाम मागेपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरेर दिने बताएका थिए । लगत्तै बालुवाटारबाट पार्टी कार्यालय पुगेका प्रचण्डले हिजो दिउँसो पार्टीको बैठकमा बिहीबार गठबन्धनको बैठक बस्ने र शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने ब्रिफिङ गरेका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको छ । यसबीचमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय लिने सहमति भइसकेको छ ।

सरकार गठनको ८० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनमा रहेका चार दलबीच मन्त्रिपरिषद् विस्तारबारे ठोस् सहमति हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो ।

सुरुमा माओवादी केन्द्र र कांग्रेसका २–२ जना गरी ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एक जना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए। हालसम्म जनता समाजवादी पार्टी जसपा र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी सरकारमा सामेल भइसकेको छैन ।

यसबीचमा थुप्रै पटक सत्तारुढ गठबन्धनको बैठक बसे पनि यो विषय टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ०६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।