प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायम, मंगलबारसम्म बैठक स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायम, मंगलबारसम्म बैठक स्थगित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् ।

त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : २३ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले