प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायम, मंगलबारसम्म बैठक स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायम, मंगलबारसम्म बैठक स्थगित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् ।

त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : २३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने