क्लब भलिबल च्याम्पियनसिपमा पुलिस सेमिफाइनलमा प्रवेश « Khabarhub

क्लब भलिबल च्याम्पियनसिपमा पुलिस सेमिफाइनलमा प्रवेश


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो ।

यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बिहीबार भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–२०,२५–१० र २५–१७ को सेटमा जित निकाल्यो ।

त्यस्तै बिहीबार नै भएको महिला तर्फको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्यो । न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्यो ।

त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ महिला टिम समूह विजेता बनेको छ ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ०१ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट