पपस्टार शाकिरामाथि बँदेलको आक्रमण « Khabarhub

पपस्टार शाकिरामाथि बँदेलको आक्रमण


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– पपस्टार शाकिराले आठ वर्षको छोरासँग बार्सिलोनाको पार्कमा घुमिरहँदा आफूहरुमाथि दुईवटा बँदेलले आक्रमण गरेको बताएकी छन् ।

कोलम्बियन गायिकाले आफ्नो झोला थुत्नुअघि उनीहरुले आक्रमण गरेको र आफूहरु रुखको पछाडि गएर लुकेको उल्लेख गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रृंखलाबद्ध किसिमले आफूमाथि भएको घटनाबारे बताएकी छन् । उनले आफ्नो च्यातिएको झोला क्यामरातिर देखाउदै ‘हेर्नुहोस् मलाई आक्रमण गरेका बँदेलले कसरी मेरो झोला पार्कमा छोडेका छन् ?’ भन्दै प्रश्न गरेकी छन् ।

‘उनीहरुले मेरो मोबाइलसहितको झोलालाई रुखमा लगिरहेका थिए’, गायिकाले भनेकी छन्,‘उनीहरुले सबै बर्बाद पारे ।’

बार्सिलोनाका फूटबलर पिता जेरार्ड पिकेकी श्रीमति शाकिराले छोरा मिलान तिर देखाउदै ‘मिलनले सत्य कुरा बोल्छ । तिम्रो आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ’ भनेकी छन् ।

क्याटलन राजधानीमा पछिल्लो वर्षमा बढ्दो रुपमा आक्रमक देखिएका बँदेलको आक्रमणमा पर्ने साकिरा पछिल्लो पीडित हुन् ।

सन् २०१६ स्पेनिस प्रहरीमा १ हजार १ सय ८७ टेलिफोन उजुरी बँदेलको आक्रमण सम्बन्धी उजुरी परेको थियो । जुन उजुरीमा बँदेलहरुले कुकुरहरुमाथि आक्रमण गरेको, बिरालोको खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका कुरा उल्लेख थिए ।

सन् २०१३ मा एक सिटी प्रहरी अधिकृतले बँदेल नियन्त्रणका लागि प्रयास गरेका थिए । उनले बँदेललाई गोली चलाउदा त्यो गोली बँदेललाई नलागेर उनको साथीलाई लागेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ०३ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा