हतियार नउठाउने आन्दोलन गर्ने बेला आयो : प्रचण्ड « Khabarhub

हतियार नउठाउने आन्दोलन गर्ने बेला आयो : प्रचण्ड


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताए । उनले आफूहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गरे ।

अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चूनाव जित्न सक्ने अवस्था आएको उनको भनाइ छ । त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा राखेका छन् । यसअघि ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उनले बताए ।

प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गरे । त्यस्तै प्रचण्डले प्रतिगमनबिरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखेपनि जोखिम उठाएर लडेको बताए ।

उनले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सवैले गम्भीर भएर सोच्नुपर्ने पनि बताए । अखिल (क्रान्तिकारी) को सम्मेलन तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने