धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले धार्मिकस्थलको प्रवर्द्धननका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, “नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउनुपर्छ ।” उनले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिराबाट प्रभावित भएको चर्चा गर्दै उनले बाढीपहिराले अवरुद्ध भएका सडक दसैँअगाडि नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । सरकार गठन हुँदा कोभिडका साथै बाढीपहिराको पनि चुनौती आएको भन्दै उनले विपदबाट क्षति भएका संरचना पुनःनिर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रक्रियागतरूपमा आउन आग्रह गरे ।

करिब २०० वर्ष पुुरानो उक्त मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट सङ्कलित रकमले मन्दिरको पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ । नैनेश्वर महादेव मन्दिरको आयोजनामा सुरु महायज्ञ असोज २६ गतेसम्म सञ्चालन हुने र महायज्ञबाट करिब रु एक करोड दान सङ्कलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिए ।

प्राचीन एवं ऐतिहासिक महत्व बोकेको सो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुरूपमा विकास गर्ने योजना लिइएको छ । धार्मिक अनुष्ठान, पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्नेछन् । कार्यक्रम अवधिभर सामूहिक पितृ तर्पण, अन्नदान, भूमिदान, ब्राह्मण भोजन र पितृको फोटो राखी पूजा गर्न सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ४५ बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य