एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन « Khabarhub

एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर -एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो ।

चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् । सूर्यविनायकको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन् । मध्यपुर थिमि नगरपालिकामा अध्यक्षतामा सूर्यलाल श्रेष्ठ चुनिएका छन् ।

चाँगुनारायणमा तिमल्सिना अध्यक्ष, उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उपसचिवद्वयमा नारायणी फुयाल र भागवतराम गेलाल चुनिएका हुन् । सूर्यविनायकमा सापकोटा अध्यक्ष, उपाध्यक्षमा विनय महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल र श्याम श्रेष्ठ गरी ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको एमाले सूर्यविनायक नगर कमिटीले जनाएको छ ।

सूर्यविनायकको बन्दसत्रमा अध्यक्ष सापकोटा र सचिव राउत निर्विरोध निर्वाचित भए । उपाध्यक्ष पदमा दुई र उपसचिवमा चार जनाको उम्मेदवारी परेको थियो । सहमतिको प्रयासपछि उपाध्यक्ष पदका प्रत्यासी विश्वराम त्वानावासु र उपसचिव पदका प्रत्यासी चण्डिका मिश्र, दिनेश बस्नेत, राजन न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी चयन सर्वसम्मत भएको हो ।

मध्यपुर थिमि नगर कमिटीमा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा प्रकाश थापा मगर, सचिवमा सुमन जोशी र उपसचिवमा विन्दु प्रजापति सर्वसम्मत चुनिएका छन्। चाँगुनारायणमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । ९५ जनाको उम्मेदवारी परे पनि पार्टी विधानअनुसार ३३ प्रतिशतमध्ये २५ महिलासहित भूगोलअनुसार वडागत रूपमा ७० सदस्यीय सर्वसम्मत नेतृत्व चुनिएको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।

यहाँका तीन वटा नगर कमिटिमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ । यहाँका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : २८ बजे

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।