कांग्रेस नेता सिंहले भने, ‘न्यायालयको गतिरोधको निकास दलहरुले दिनुपर्छ’ « Khabarhub

कांग्रेस नेता सिंहले भने, ‘न्यायालयको गतिरोधको निकास दलहरुले दिनुपर्छ’


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलले चाँडो निकास दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दीपावली तथा छठ पर्वको अवसरमा शनिवार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व महामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको भन्दै जिम्मेवार दलका नेताहरूले यसमा चाँडो समाधान दिनुपर्ने बताए ।

कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उनले बताए । ‘न्यायपालिकाले कार्यपालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ उनले भने,  ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्म अनुसार चल्नुपर्छ ।’

स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : २४ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन