जेलबाट रिहा भए आर्यन खान « Khabarhub

जेलबाट रिहा भए आर्यन खान


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज ड्रस मुद्धामा करिब तीन हप्ता जेलमा बसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खान शनिबार रिहा भएका छन् । बिहीबार अदालतबाट जमानत पाएका आर्यनलाई शनिबार मुम्बईको आर्थर रोड जेलबाट रिहा गरिएको हो ।

आर्यनका लागि शाहरुखको मिल्ने साथी जुही चावलाले जमानत रकम १ लाख रुपैंयाँ प्रशासनलाई दिएकी थिइन् । आर्यनलाई लिनका लागि शाहरुख जेल पुगेका थिए ।

जेलबाट बाहिर निस्कदा आर्यन निकै खुशी देखिएका थिए । उनले जेल प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए । आर्यनलाई जमानत दिनका लागि हाई कोर्टले कैयौं शर्त राखेको थियो ।

अब आर्यनले यो मुद्धा नसुल्झिएसम्म कोही अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन् । उनी प्रमाणमाथि छेडछाड गर्न पाउने छैनन् । आर्यनले आफ्नो पासपोर्ट नजिकको पुलिस स्टेसनमा बुझाउनुपर्नेछ । उनले मिडियामाझ पनि आफ्नो कुरा राख्न पाउनेछैनन् । यतिमात्र होइन अदालतको अनुमति बिना उनी देशबाहिर पनि जान पाउदैनन् ।

गत अक्टोबर २ मा आर्यनसहितको टोलीलाई एनसीबीले पक्राउ गरेको थियो । त्यसपछि अक्टोबरमा ७ मा उनलाई आर्थर रोड जेलमा सारिएको थियो । उनीसँगै मुनमुन धमेचा र अरबाज सेठ मर्चेन्टलाई पनि पक्राउ गरिएको थियो । सबैजना अक्टोबर ७ देखि जेलमा बन्द थिए ।

कैयौंपटक उनीहरुको जमानत याचिकामा सुनुवाई भए पनि जमानतको आदेश दिइएको थिएन । तर अदालतले बिहीबार उनीहरुलाई जमानतको आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ११ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर