‘निमकी मुखिया’ अभिनेता विजय पक्राउ « Khabarhub

‘निमकी मुखिया’ अभिनेता विजय पक्राउ


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना(अमर उजाला)– भारतीय टेलिफिल्म ‘निमकी मुखिया’मा तेतर सिंहको भूमिका निभाउने अभिनेता विजय कुमारलाई पटना प्रहरीले पक्राउ गरेको छ । विजयकी पहिलो पत्नी निलिमा कुमारीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विजयलाई नौबतपुरबाट शुक्रबार पक्राउ गरेको हो । अभिनेतालाई महिला थानामा सोधपुछ भइरहेको छ । विजयमाथि दाइजो उत्पीडन र पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेको आरोप छ ।

बिहार पञ्चायत चुनावमा विजयका भाई विनयकुमार मुखिया पदको उम्मेद्वार थिए । विजय भाईको प्रचारप्रसार गर्नका लागि आएका थिए । विजय आउने खबर थाहा पाएपछि उनकी पहिलो श्रीमति प्रहरी लिएर पुगेकी थिइन् ।

विजयका छोराका अनुसार उनको पिताले आमामाथि धेरै ज्यादती गरेका थिए । उनले आमा छोरालाई घरखर्च पनि दिँदैन थिए । उनकी आमाले ट्युसन पढाएर उनको र भाईको हेरविचार गर्छिन् ।

मुम्बईमा बस्दै आएका विजयले सन् २०१६ मा अभिनेत्री गीता त्यागीसँग विवाह गरेका थिए । गीताबाट उनको दुई सन्तान छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  २ : ०४ बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई