ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल « Khabarhub

ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडा वाला मान्छे मात्रै लाग्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे । ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टर भुइँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको बताए । आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नुपर्ने उनको भनाइ थियो ।

सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उनले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा पछार्ने बताए । कांग्रेस, एकीकृत नेकपा माओवादी, जसपालगायतका गठबन्धन दलसँग छलफल सकिएकोले राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।

उनले राजेन्द्र राईलाई जनताको सरकार भनेर चिनाउने गरी काम गर्न निर्देशन दिए । ‘गरिबको सरकार यो रहेछ भन्ने गरी काम गर्नुहोस्,’ उनले भने । धनीका समस्या होइन गरिबका समस्या बुझ्ने खालको भएर काम गर्न उनले राईलाई निर्देशन दिएका थिए । पाटीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १ सय ४ डिग्री ज्वरो आएको समेत उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : १२ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा