ओलीले प्रचण्डलाई भने– मलाई करोडौँको भाँडाकुँडा के गर्नू ? (भिडियोसहित) « Khabarhub

ओलीले प्रचण्डलाई भने– मलाई करोडौँको भाँडाकुँडा के गर्नू ? (भिडियोसहित)


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले करोडौँ मूल्यका भाँडाकुँडा प्रयोग नगरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै उनले आफूलाई महँगो मूल्यका सामान नै नचाहिने बताएका हुन् ।

प्रचण्डले बालुवाटारमा ओलीले बाहिरबाट ल्याएर करोडौँको महँगा सामान राखेको आरोप लगाएका थिए। तर, ओलीले एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डको आरोपको खण्डन गर्दै भने,‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे। केपी ओलीले करोडौंको किनेका रहेछन्। मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे। आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु सरकारी निवासमा ?’


ओलीले आफूले श्रीमतीले बनाएको एउटा रोटी र दुई गाँस भात खाएर बस्ने गरेको समेत स्मरण गराए। उनले भने, ‘यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्‍यो होला, खाना पकाउनु पर्‍यो होला। त्यहाँ ग्यास खर्च भयो होला। मेरो श्रीमतीले बनाएको यति खाना खाएर बस्छु म। अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ? एउटा रोटी र दुई गाँस भात खाएर बस्छु। अनि करोडौँको भाँडाकुँडा। सुनका भाँडामा पकाउनु र आल्मुनियमको भाँडामा बनाउनुको कुनै फरक छैन।’

शुक्रवार चितवनमा पुगेर प्रचण्डले ओलीले आफूले बालुवाटार छाड्नै नपर्ने जस्तो गरेर करोडौंको भाँडाकुँडा किनेको आरोप लगाएका थिए।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २९ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर